पाल्पा — पाल्पाको माथागढी गाउँपालिका–४, झडेवास्थित जंगलको खोलसामा एक पुरुषको शव फेला परेको छ ।
घरबाट ५ दिनअघि आफन्तको घरमा जान हिँडेका माथागढी गाउँपालिका–४, झडेवाका ४९ वर्षीय रेशमराज सार्की जंगलको खोल्सामा मृत फेला परेका हुन् ।
आफन्तले घर फर्किएको जानकारी गराए पनि घरमा नपुगेपछि खोजतलास गर्दा जंगलको खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
घटनाको जानकारी पाउनासाथ माथागढी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट घटनाको प्रारम्भिक अनुसन्धान गरिएको छ । मृतक सार्कीको शव पोष्टमार्टमको लागि पाल्पा अस्पताल ल्याइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
