सुनवलमा आगलागी हुँदा उखु खेती नष्ट 

वैशाख १८, २०८२

नवीन पौडेल

A fire in Sunwal destroyed sugarcane cultivation

परासी — पश्चिम नवलपरासीको सुनवलमा बिहीबार आगलागी हुँदा १० कठ्ठा क्षेत्रफलमा लगाएको उखु खेती नष्ट भएको छ । सुनवल-२ रजहवामा प्रलाद पासीको खेतमा आगलागी हुदा बाँली नष्ट भएको हो ।  

छिमेकी श्यामबहादुर भण्डारीले आफ्नो खेतमा झारपात जलाउने क्रममा हावाका कारण पासीको खेतमा आगो सल्किएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए । चर्को घाम र हावा चलेको कारण आगो निभाउन समय लागेको थियो । सुनवलमा दमकल नभएका कारण रामग्राम नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully