कालीगण्डकी नदी किनारमा महिला मृत फेला

वैशाख १६, २०८२

माधव अर्याल

Woman found dead on river bank of Kaligand

पाल्पा — कालीगण्डकी नदी किनारमा एक महिला मंगलबार मृत फेला परेकी छन् ।

रम्भा गाउँपालिका–३, राम्दी नजिकै कालीगण्डकी नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

केही समययता उनी बगनासकाली–५, दर्लमडाँडाको राम्दीमा डेरा गरी बस्दै आएकी थिइन् । नदी किनारमा मृत अवस्थामा भेटिएकी माझीको राम्दी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिई प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानपछि पोस्टमार्टमका लागि माझीको शव पाल्पा जिल्ला अस्पतालमा पठाइएको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully