शैक्षिक शुल्क वृद्धि रोक्न नेविसंघको माग

वैशाख १६, २०८२

नवीन पौडेल

Union demands to stop tuition fee hike

परासी — निजी विद्यालयले मनपरी शुल्क वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले प्याब्सन नवलपरासीको ध्यानाकर्षण गराएको छ । सङ्घले ज्ञापनपत्र बुझाउँदै शिक्षामा भइरहेको चरम व्यापारीकरण तत्काल रोक्न र बढाएको शुल्क फिर्ता गर्न माग गरेको हाे ।

नेपाल विद्यार्थी सङ्घ नवलपुरका अध्यक्ष हरि सुवेदी सहितको टोलीले प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीलाई ५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मनपरी शुल्क वृद्धि तत्काल रोक्नुपर्ने, विद्यालय आफैले पुस्तक, टाई, पोसाक लगायतका अन्य सामग्री बिक्री गर्न नहुने, १० प्रतिशत छात्रवृत्तिको सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेका छन् ।

शुल्क निर्धारण मापदण्ड २०७२ र निःशुल्क  तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार काम गर्न भनिएको छ । विद्यार्थीहरूले माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully