सवारी दुर्घटनाका आरोपित नौ वर्षपछि पक्राउ

वैशाख १६, २०८२

दुर्गालाल केसी

Accused of vehicle accident arrested after nine years

दाङ — सवारी दुर्घटनाका आरोपित नौ वर्षपछि तुलसीपुरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१५ मलवारका ३६ वर्षीय कृष्णबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए।

२०७२ मंसिर १७ गते दिउँसो उनले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले ठक्कर दिँदा रा ३ प २७२३ नम्बरको स्कुटी चालक, रुकुम पश्चिम खारा घर भई तुलसीपुर–५ बस्ने २१ वर्षीय दिवाकर वलीको मृत्यु भएको थियो।

घटनापछि फरार रहेका चौधरीलाई आइतबार पक्राउ गरी अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको ठकुरीले बताए।

दुर्घटनाको बेला चौधरी बसका सहचालक रहेका उनले जानकारी दिए।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully