ब्राउनसुगरसहित महिला पक्राउ 

वैशाख १५, २०८२

रुपा गहतराज

Woman arrested with brown sugar

नेपालगन्ज — बाँके प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ की ३४ वर्षीया पुष्पा लोनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

प्रहरीका अनुसार लागुऔषधका कारोबारीले ती महिलालाई भरिया बनाएको देखिन्छ । बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार पुष्पालाई शंका लागेर जाँच गर्दा उनले बोकेको झोलामा ब्राउनसुगर फेला परेको हो ।

उनी आफैं कारोबारी हुन् कि अरुले भरिया बनाएका हुन् भन्ने विषयमा अनुसन्धान जारी रहेको पातलीले बताए । 

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully