चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु 

वैशाख १५, २०८२

कमल पन्थी

A 9-year-old girl died after being attacked by a leopard

बर्दिया — सोमबार बिहान चितुवाले आक्रमण गर्दा ९ वर्षीया बालिकाको मृत्यु भएको छ । गुलरिया–८ डम्पिङ साइडस्थित सर्यु सामूदायिक वनमा चितुवाको आक्रमणमा उनको मृत्यु भएको हो ।

गेरुवा गाउँपालिका–६ कि मेलिना खड्का वनमा काकीसँगै वनमा घाँस, दाउरा लिन जादाँ चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । 

जिल्ला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जनाए । खड्का केही दिनअघि काकीको घर आएकी थिइन् ।

बर्दियामा गत मंसिरयता चितुवाको आक्रमणमा परी तीन जनाको मृत्यु भइसकेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully