ट्रकको ठक्करबाट दाउन्नेमा दुई वटा होटलमा क्षति

वैशाख १४, २०८२

नवीन पौडेल

Two hotels were damaged in a truck collision

नवलपुर — पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा मालबाहक ट्रकको ठक्करबाट दुई वटा होटलमा क्षति पुगेको छ ।

विनय त्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारमा ना ५ ख ८६७१ नम्बरको मार्वल बोकेको ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको हो । 

दुर्घटनामा बिनानाथ पाध्यले सञ्चालन गरेको धौलागिरी होटल एण्ड लजमा  पूर्णरुपमा भत्किएको र पवन लम्सालले सञ्चालन गर्दै आएको पवन होटलमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान ८ बजे भएको दुर्घटनामा होटलमा ग्राहक नभएको र सञ्चालकले भागेर ज्यान जोगाएका थिए । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले लिएको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully