ठूला दल मिल्दैमा देशको विकास हुँदैन : कांग्रेस प्रवक्ता महत

वैशाख १४, २०८२

दुर्गालाल केसी

The country will not develop if the big parties come together: Congress spokesperson Mahat

दाङ — नेपाली कांग्रेस प्रवक्ता प्रकाश शरण महतले ठूला राजनीतिक दल मिल्दैमा देशको विकास नहुने बताएका छन् ।

हाल दुई ठूला राजनीतिक शक्तिहरु मिलेर बनेको सरकारले पनि जनताका गुनासालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न नसकेको धारणा उनले व्यक्त गरे ।

प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै महतले देश विकासका लागि आर्थिक स्रोत नै महत्वपूर्ण हुने विचार व्यक्त गरे । ‘ठूला दल मिल्दैमा देश बनीहाल्ने हुँदैन,’ उनले भने, ‘स्रोत साधन बलियो हुनुपर्छ ।’

सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति, सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको गुनाशो उनले गरे । 

सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको उल्लेख गर्दै उनले नेताहरूले स्रोत साधनभन्दा बढी आश्वासन बाँड्दा पनि निराशा बढेको बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully