पानी तताउन बालेको आगोले गोठ जल्यो, एक दर्जन चौपाया मरे 

वैशाख १४, २०८२

सन्तोष महतारा

A fire lit to heat the water burned the shed, killing a dozen four-legged animals

गुल्मी — गुल्मीमा पानी तताउने क्रममा गोठमा आगलागी हुँदा पुशचौपायसहित गोठ र बाख्राको खोरमा क्षति भएको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ्ग किलिबाङ्गका तुल बहादुर घर्तीको कच्ची गोठमा पानी तताउँदा आगो सल्किएपछि गोठसहित नजिकै जोडिएको बाख्राको खोरमासमेत क्षति भएको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार आगलागीबाट दुई भैँसी र १० बाख्रा जलेर मरेका छन् ।

A fire lit to heat the water burned the shed, killing a dozen four-legged animals

साथै ४ वटा बाख्रा आधा जलेका छन् । बिहान खुवाउने भैँसीलाई पानी तताउने क्रममा आगो सल्किएपछि खरले छाएको ढुङ्गामाटोले बनेको कच्ची गोठ र काठले बनेको बाख्राको खोर जलेर पूर्ण रुपमा नष्ट भएको हो । 

प्रहरीले क्षतिको विवरण संकलन गर्दैछ ।

सन्तोष

Link copied successfully