श्रीमान्‌को किरिया बसिरहेकी श्रीमतीको निधन 

वैशाख १३, २०८२

दुर्गालाल केसी

The death of the wife who was living in the house of her husband

दाङ — तुलसीपुर उपमहानगरपालिका-७ मोतीपुरका नारायण आचार्यको निधन भएको ६ दिनपछि उनकी श्रीमती भगवती शर्माको किरिया बसेकै अवस्थामा शनिबार निधन भएको छ । 

शुक्रबार राति जीवनजल पानी खाएर सुतेकी शर्मालाई बिहान उठाउने बेला न उठेपछि तत्काल राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर लगिएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । शर्मा लामो समयदेखि सुगर, प्रेसर रोगबाट पीडित थिइन् । 

उनका श्रीमानको ६ दिनअघि गोली लागेर मृत्यु भएको थियो । घरमै रहेको १२ बोर बन्दुकले आफैं गोली हानेर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully