काठमाडौँ — पाल्पास्थित कान्तिपुरकर्मी माधव अर्याललाई राष्ट्रिय फोटो पत्रकार समूहले फोटो पत्रकारिता अवार्ड प्रदान गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस तथा राष्ट्रिय फोटो पत्रकार समूहको २७ औं वार्षिकोत्सवका अवसरमा समूहले लुम्बिनी प्रदेशबाट उत्कृष्ट भएबापत अवार्ड प्रदान गरेको हो ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री दीपक खड्का, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले अवार्ड र प्रमाणपत्रले सम्मान गरे । अर्याल कान्तिपुर दैनिक, कान्तिपुर टेलिभजिन र कान्तिपुर एफएममासमेत कार्यरत छन् । उनीसँगै विभिन्न ८ विधा र प्रदेशस्तरीय उत्कृष्ट पत्रकारलाई समेत अवार्ड प्रदान गरिएको छ ।
सोही अवसरमा फोटो पत्रकारिताका अगुवा देवेन्द्रमान सिंहलाई लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
