भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी

वैशाख १३, २०८२

रुपा गहतराज

A fire broke out in the medical store of Bheri Hospital

नेपालगन्ज — नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको छ । आगलागी कहाँबाट फैलिएको भन्नेबारे थाहा हुन सकेको छैन ।

तर स्टोर कक्ष र फार्मेसीतिरबाट आगोको मुस्लो निस्किएको छ । आगलागी नियन्त्रणका लागि दमकल परिचालन गरिएको अस्पतालले जनाएको छ । प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मीलगायत पनि आगो नियन्त्रणमा जुटेका छन् ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully