बबई नदीमा बेपत्ता युवकको तीन दिनपछि शव फेला

वैशाख १२, २०८२

कमल पन्थी

The body of the missing youth was found in the Babai river after three days

बर्दिया — बुधबार बेलुकी गुलरिया नगरपालिका–५ बबई(भादा) नदी रामबागमा नुहाउन जाँदा बेपत्ता भएका युवक शुक्रबार मृत फेला परेका छन् ।

बिहीबार बिहान सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी गर्दा शुक्रबार बिहान बेपत्ता युवकको शव फेला पारेको प्रहरीले जनाएको छ ।

बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग भादा नुहाउन भादा जाँदा बेपत्ता भएका थिए । उनी डुबेको ठाउँदेखि करिब २ सय मिटर दक्षिणमा मृत फेला परेको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँके शम्सेरगन्जबाट आएका सशस्त्र प्रहरीका गोतखोरले उनको खोजी गरेका थिए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully