तिलोत्तमा — बुटवलमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
बुटवल उपहानगरपालिका–१३ झोलुंगे पुल नजिकै बुटवल-११, बुद्धनगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए ।
उनका अनुसार शुक्रबार बिहान साढे १० बजे प्रहरीलाई जानकारी आएपछि टोली पुग्दा चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए । शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
