बेपत्ताको युवकको खोजीमा गोताखोर परिचालन

वैशाख ११, २०८२

कमल पन्थी

Divers deployed in search of missing youth

बर्दिया — बुधबार बेलुकी गुलरिया नगरपालिका–५ बबई (भादा) नदी रामबागमा नुहाउन गएका एक युवक बेपत्ता भएपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरेको छ ।

 बिहान ५ बजे घटनास्थलमा ४ जना गोताखोरसहित नौ जना बेपत्ता युवाको खोजीमा परिचालित भएका छन् ।

बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग भादा नुहाउन जाँदा बेपत्ता भएको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । 

अन्यको शकुशल उद्धार गरिएको थियो । बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँकेको शम्सेरगन्जबाट आएका सशस्त्र प्रहरीका गोताखोरले खोजी जारी राखेको उनले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully