पहिरोमा एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत भेटिए

वैशाख १०, २०८२

अनिश तिवारी

The missing driver was found dead when the excavator was destroyed in the landslide

सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा ढुंगा झिक्ने क्रममा पहिरो झर्दा पुरिएर एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयअनुसार पहिरोले एक्स्काभेटर पुरिएपछि चालक नवलपरासीका २५ वर्षीय रेशम दराई मंगलबारदेखि सम्पर्कविहीन भएका थिए । बुधबार दिउँसो एक्स्काभेटरको सहयोगमा ढुंगा पन्छाई हेर्दा चालक रमेशसोही क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन् ।

बा.२ क. ९०५६ नम्बरको एक्स्काभेटर दुई सय मिटर माथिबाट झरेको पहिरोले पुरेर ध्वस्त भएको र शवको मुचुल्का लगायत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

एक्जाभेटरका सहचालक मेलम्ची–८ केउरेनी बस्ने अन्दाजी १७ वर्षका उमेश गिरी भागेर बाँचेका छन् । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully