भैरहवा — पौडी खेल्ने क्रममा सोमबार तिनाउ नदीमा डुबेका बुटवलका १० वर्षीय बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर निवासी १० वर्षीय दिपसन रानाको शव फेला परेको हो । साथीहरुसँग पौडी खेल्न बुटवल–११ प्रगतिनगरस्थित तिनाउ नदीमा गएका दिपशनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रवक्ता सुरज कार्कीले बताए । उनका अनुसार, दिपसन साँझसम्म घर नआएपछि अभिभावकले सोधखोज गर्दै सोमबार साँझ ८ बजे बुटवलको अस्थायी प्रहरी चौकी देवीनगरमा खबर गरेका थिए ।
प्रहरी र स्थानीय सहितको टोलीले खोजतलास गर्ने क्रममा सोमबार राति तिनाउ किनारमा उनको शव फेला परेको हो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पनि सोमबार पौडी खेल्ने क्रममा तीन बालकको मृत्यु भएको थियो ।
