मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वैशाख ७, २०८२

कमल पन्थी

One died in a motorcycle accident

बर्दिया — बर्दिया मधुवन नगरपालिका–३ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ओराली बजार र गमक्का हुलाकी सडक खण्डमा सोही पालिका–२ का जानकु थारुले चलाएको बा ८९ प ३८६९ मोटरसाइकल आइतबार दुर्घटना भएको हो । 

ओराली बजार हुँदै ढोढरीतर्फ जाँदा मोटरसाइकल अनियन्त्रित भई सडक पोलमा ठोक्किएर गम्भीर घाइतेकी थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जनाए । उनलाई जिल्ला अस्पताल गुलरियामा उपचारमा लगिएको थियो ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully