ब्राउन सुगरसहित दुई जना पक्राउ

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

Two arrested with brown sugar

कपिलवस्तु — वाणगंगा नगरपालिका-४, दरखास्तस्थित प्रतीक्षालयबाट एक सय दुई ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका-७ बस्ने ३० वर्षीय विशाल गुप्ता र भारत उत्तर प्रदेश बहराइच घर बताउने ३२ वर्षका अमित पोरवालका साथबाट लागुऔषध बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully