बुटवलमा एक युवतीमाथि गोली प्रहार

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

Shot on a girl in Butwal

बुटवल — बुटवलको बुद्धनगरमा एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

उनको कम्मरमाथि गोली लागेको र गम्भीर घाइते भएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

पाल्पाको रैनादेवी गाउँपालिका छहरा घर भई हाल बुटवल–११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहारको कारण नखुलेको डीएसपी कार्कीले बताए । 

गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान नभएको तर अनुसन्धान भइरहेको उनको भनाइ छ । ‘हामी फिल्डमै पुगिसकेका छौं,’ उनले भने, ‘गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully