दाङमा गाडी दुर्घटना : २५ जना घाइते

वैशाख ५, २०८२

दुर्गालाल केसी

Car accident in Dang: 25 injured

दाङ — लमही-कोइलाबास सडकअन्तर्गत गढवा गाउँपालिका-५ चिसापानीमा शुक्रबार दिउँसो भारतीय गाडी दुर्घटना हुँदा २५ जना घइते भएका छन् ।

भ्रमणका लागि भारतको लखनऊबाट पोखरातर्फ जाँदै गरेको  यूपी ३२ एम एन ९५६६ नम्बरको गाडी दुर्घटना हुँदा २५ यात्रु घाइते भएका हुन् ।

घाइतेहरूको गढवा स्वास्थ्य चौकी र भारतको तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully