बुटवल-नारायणगढ सडक : चोरमारा क्षेत्रको ४२ किमिमा एकतर्फी कालोपत्र

वैशाख ५, २०८२

नारायण शर्मा

Butwal-Narayangadh road: One-way tarmac at 42 km of Chormara area

नवलपरासी — निर्माणाधीन बुटवल-नारायणगढ सडकको चोरमारा-नारायणगढ ४२ किलोमिटर सडक एकतर्फी कालोपत्रको काम पूरा भएको छ।

आयोजना निर्देशक चुडाराज ढकालका अनुसार नारायणगढदेखि चोरमारासम्मको ४२ किलोमिटर सडक कालोपत्र गर्ने काम बिहीबार सकिएको हो । एकातर्फी कालोपत्रे भएपछि अब नारायणगढबाट चोरमारा ३५ मिनेटमा पुगिने छ । 

ढकालले महेन्द्रराजमार्ग अन्तर्गत निर्माणाधीन अवस्थाका सबै जसो पुल निर्माणको काम वर्षा अगावै सक्ने  लक्ष्य रहेको  दाबी गरे । उनले दाउन्ने  सडक खण्डको १४ किलोमिटर सडकमध्ये कम्तीमा ७ किलोमिटर सडक निर्माणको काम आगामी वर्षा अगावै सक्नेगरी काम भइरहेको बताए।

बर्दघाटबाट दाउन्ने बजार क्षेत्रमा धमाधम काम भइरहेको छ । हाल बर्दघाट दुम्किबास सडकको दाउन्ने खण्डमा काम फटाफट भइरहेको छ भने दाउन्ने बजारदेखि पूर्व दुम्कीबाससम्मको क्षेत्रको पहाडमा बायाँतर्फ  पर्खाल उठाउने काम भइरहेको छ।  

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully