बर्दियाको मधुवनमा गैंडा मृत फेला 

वैशाख ४, २०८२

कमल पन्थी

Rhinoceros found dead in Bardia's Madhuvan

बर्दिया — मधुवन नगरपालिकास्थित शिव सामुदायिक वनमा बिहीबार एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । करिब तीन महिनाको भाले गैंडा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय,बर्दियाका प्रमुख विजयराज सुवेदीले बताए ।

बच्चा गैंडा कसरी मरेको हो अनुसन्धान भइरहेको वन प्रमुख सुवेदीले बताए । स्थानीयले बाघले गैंडा मारेको आशंका गरेका छन् ।

खाता जैजिक मार्गमा रहेको उक्त सामुदायिक वन हुँदै बाघ,गैंडा,हात्तीलगायतका वन्यजन्तु ओहोरदोहोर गर्छन । उक्त सामुदायिक वनमा करिब ६ वटा गैंडा रहेको अनुमान गरिएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully