सहकारीका पदाधिकारी फरार भएपछि बचतकर्ताको बिचल्ली

वैशाख ४, २०८२

सन्जु पौडेल

After the officers of the cooperative absconded, the savers were in trouble

तिलोत्तमा — बुटवलको देवीनगरस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष फरार भएपछि बचतकर्ताको बिचल्ली भएको छ ।

बचतकर्ताको ठूलो रकम संकलन गरेको सहकारीका अध्यक्ष वसन्त भट्टराई र कोषाध्यक्ष आकाश भट्टराई एकाएक सम्पर्कविहीन भएपछि बचतकर्तालाई समस्या परेको हो ।

सहकारीले दैनिक पैसा संकलन गर्ने र बचत गर्ने गरेको थियो । २०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएर बुटवल उपमहानगरपालिका–११ देवीनगरमा कार्यालय सञ्चालन गरिएको थियो ।

सहकारीमा २०८१ चैत ३१ गतेदेखि सूचना टाँस गरेर एकाएक बन्द गरिएको बचतकर्ताले गुनासो गरेका छन् ।

चैत ३१ गतेसम्म बजारबाट रकम उठाएर सोही दिन नै सूचना टाँस गरी बन्द भएपछि बचतकर्ता आश्चर्यमा परेका हुन् ।

कार्यालयको भित्तामा टाँसिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको, अध्यक्षको खोजी जारी रहेको र पछिल्लो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान बनाउनका लागि बचतकर्ताबाट असहज परिस्थिति सिर्जना भएको उल्लेख गरिएको छ ।

उल्टै सूचनामा बचतकर्तालाई अध्यक्षको खोजी गर्न आवश्यक पहल गर्न अपिल गरिएको छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully