बर्दिया — प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ र स्पास्मो ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट ९ सय ४० मिलिग्राम र स्पास्मो ३३ ठ्याब्लेटसहित बढैयाताल-२ शान्तिपुरका २२ वर्षीय पूर्णबहादुर सिंह ठकुरी पक्राउ परेका हुन् ।
भारतको सीमावर्ती बजार बलैगाउँ हुँदै साइकलमा आएका उनलाई शंका लागि जाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका एसपी केदार खनालले सोमबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट मंगलबार ५ दिनको म्याद थप गरिएको जनाए ।
