रोल्पामा नयाँ वर्षको चहलपहल [तस्बिरहरू]

वैशाख २, २०८२

काशीराम डाँगी

New Year's Eve at Rolpa [Photos]

रोल्पा — नयाँ वर्ष मनाउने क्रममा रोल्पामा यसपालि स्थानीय पर्यटकीय ठाउँमा घुमघाम गर्ने र पदयात्रा तय गर्ने क्रम वृद्धि भयो । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा समेत खुसीयाली मनाउनेको भिड देखिन्थ्यो ।

New Year's Eve at Rolpa [Photos]

रोल्पा सदरमुकाम लिबाङ आसपास रहेका ढुंगे बगैंचा, भ्यु टावर, हलहले चौरका साथै भित्री भेगमा रहेका मन्दिर, गुराँसे डाँडा, सुन्दर ग्रामीण भेग र उपल्लो रोल्पामा रहेका सुन्दर पर्यटकीय ठाउँमा आन्तरिक पर्यटक खचाखच भए । नयाँ वर्षका सन्दर्भमा नाचगान, घुमघाम र सांस्कृतिक कार्यक्रम आयोजना गरेर रमाइलो गर्नेहरू पनि त्यतिकै थिए । नयाँ वर्ष मनाउने यो क्रम वैशाख पहिलो सातासम्म चल्नेछ ।

New Year's Eve at Rolpa [Photos]

रोल्पा नगरपालिकाको पहलमा निर्माण गरिएका सातदोबा स्थित भ्यु टावर र ढुंगे बगैंचामा यो वर्षको पहिलो दिन करिब २ हजार बढीको उपस्थिति । त्यस्तै त्यस नजिकै रहेका हलहले चौर, सातदोबाटो चौर, टावर डाँडामा पनि उत्तिकै घुइँचो रह्यो । सदरमुकाम लिबाङमै पनि नयाँ वर्ष मनाउने क्रममा रमाइलो चहलपहल थियो ।

New Year's Eve at Rolpa [Photos]

नयाँ वर्षको सन्दर्भ पारेर उपल्लो रोल्पाको उवामा स्थानीय वडा कार्यालयको आयोजनामा गुराँसे पदयात्रा कार्यक्रम सम्पन्न भयो । चैतको अन्तिम साताबाट सुरु भएको पदयात्रा कार्यक्रम १ गतेसम्म चलेको थियो ।

New Year's Eve at Rolpa [Photos]

स्थानीय पर्यटन क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यले थबाङ गाउँपालिका-४ को आयोजनामा लामो पदयात्रा तय गरिएको थियो । वडा अध्यक्ष हिक्मत सिंह घर्तीमगरका अनुसार उपल्लो रोल्पामा फुल्ने गुराँसको महत्त्व दर्साउन र प्रचारप्रसार गर्न गुराँसे पदयात्राको आयोजना गरिएको हो । यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्य राखिएको हो । नयाँ वर्षको अवसरमा गुराँसे पदयात्राको आयोजना गरिए पनि वर्षको धेरै समय उपल्लो क्षेत्रमा गुराँस फुलेर सुन्दर र आकर्षक वातावरण हुने अध्यक्ष घर्तीमगरको धारणा छ । पर्यटन विकासको माध्यमबाट गाउँठाउँलाई चिनाउने र पर्यटन व्यवसायको समेत विकास गर्ने उद्देश्य रहेको अध्यक्ष घर्तीले बताए ।

New Year's Eve at Rolpa [Photos]

मुलुकको १ सय प्रसिद्ध पर्यटकीय गन्तव्य जलजलाको आसपासमा रहेको उवामा पनि विभिन्न आठ भन्दा बढी प्रजातिका लालीगुराँस फूल्छन्। उवाको गुराँस पदयात्रा क्षेत्रमा हालै नेपाली चलचित्र जलाकीको छायांकनसमेत गरिएको छ । रोल्पाको सुन्दर डाँडा र गुराँस समेतको छायांकन गरिएकाले रोल्पाको पर्यटकीय प्रवर्द्धनमा टेवा पुग्ने थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढाले बताए । जलजला र उवाको गुराँसे क्षेत्र बुकी पाटन क्षेत्र हुन् । यी स्थानमा वर्षमा कम्तीमा तीनपटक सबै प्रकारका गुराँस फुल्छन् ।

New Year's Eve at Rolpa [Photos]
New Year's Eve at Rolpa [Photos]

केही तस्बिर : मिलन मगर

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully