पहिरोले कार पुर्‍यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

चैत्र ३०, २०८१

माधव अर्याल

Landslides carry cars, blocking Siddhartha Highway

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। बिहान ४ बजेतिर खसेको पहिरोले एक कारसमेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ।

कार माथिल्लो भागबाट खसेको पहिरोमा पुरिएको हो। बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपरसमेत फसेको छ। दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ।

Landslides carry cars, blocking Siddhartha Highway

यस क्षेत्रमा परेको वर्षाले बिहान ४ बजेदेखि नै सडक अवरुद्ध भएको स्याङ्जा गल्याङका चालक पीताम्बर भट्टराईले बताए। सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका साथै अहिलेको राजमार्गमा समेत कल्भर्ट, नाली लगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ।

Landslides carry cars, blocking Siddhartha Highway

पाल्पाको सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पार गर्दै पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यमा पुग्ने सवारीसाधन गुड्छन्। यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या रहेको छ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully