काठमाडौँ — बाँकेको राप्ती नदीमा डुबेर आज एक युवतीको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–३ स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दीक्षिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
गाउँका अन्य महिलासँग राप्ती नदीमा माछा मार्न गएका बेला नदीमा डुबेर मृत्यु भएको हो । 'माछा मार्न गएका ११ जना महिला पनि नदीमा उनीसँगै डुबेका थिए । उनीहरूको भने सकुशल उद्धार गरिएको छ,' पातलीले भने ।
मृतकको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
