पाल्हिनन्दनमा १ सय ४९ पुरिया ब्राउन सुगरसहित तीन भारतीय पक्राउ 

चैत्र २९, २०८१

नवीन पौडेल

Three Indians arrested with 149 puria brown sugar in Palhinandan

परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बाट सशस्त्र प्रहरीले १ सय ४९ पुरिया ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नियमित चेकिङका क्रममा शंका लागेर खानतलासी लिँदा उनीहरूको साथ बाट ब्राउन सुगर बरामद भएको हो । 

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला हरिसोनार ग्राम पञ्चायतका ४५ वर्षीय अमरजित हरिजन , महाराजगञ्ज रेगहियाका २५ वर्षको कपिल देव सहानी र ठुटीबारी २१ वर्षका दिलिप गौतम रहेको सशस्त्र प्रहरी बल, नेपाल २६ नम्बर गण हेडक्वार्टरका डीएसपी यज्ञमान साउदले बताए ।

सशस्त्रले नियन्त्रणमा लिएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । भारतबाट लागूऔषध नेपालमा भित्र्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully