संविधान संसोधन गर्नुपरे आम सहमतिका आधारमा हुन्छ : मन्त्री गुरुङ

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Constitution should be amended on the basis of consensus: Minister Gurung

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी पृथ्वीसुब्बा गुरुङले आम सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । उनले संविधान संशोधन सबैको दायित्व र अपनत्वको विषय होस् भन्ने चाहेको बताए ।

शुक्रबार रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दुई तिहाईको दम्भमा संविधान संशोधन गर्न खोजेको भन्ने कुरा सत्य नभएको  बताए ।  उनले संविधान संशोधनको एजेण्डाको बारेमा अहिले छलफल भइरहेको बताउँदै दुई दलबीच कार्यदल बनाएर करिब १० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दाका सबल र दुर्बल पक्षको समीक्षा गर्दै विषयहरु पहिल्याउने काम भइरहेको बताए । सरकारका प्रवक्ता समेत रहेका गुरुङले संशोधनका लागि पहिचान भएका साझा विषयमा अन्य सतारुढ दलसँग दोस्रो चरणमा छलफल गरिने पनि बताए ।

मन्त्री गुरुङले पर्यटनको विकास र नागरिकको सेवासुविधाका लागि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनैपर्ने बताए । उनले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने जिम्मा सरकार र सम्बन्धित मन्त्रालयको भएकाले यसलाइ संचालन गर्ने दृष्टिकोण सरकारको रहेको बताए ।

कान्तिपुर

Link copied successfully