चट्याङ लागेर वृद्धको मृत्यु

चैत्र २८, २०८१

वीरेन्द्र केसी

Old man dies due to lightning

अर्घाखाँची — चट्याङ लागेर भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित लिसेपानी गाउँका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको छ ।

घरको दलानमा बसिरहेका अवस्थामा आज बिहान चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याएको थियो । उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य परिवार भने सकुशल छन् ।

वीरेन्द्र केसी

Link copied successfully