दाङ — राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदी किनारमा सोमबार पूर्वी नवलपरासीका अन्दाजी ५५ वर्षीय गंगाप्रसाद रिमाल मृत फेला परेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।
राप्ती नदीमा नुहाउन गएका बालबालिकाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरीले जानकारी दिएको छ ।
