अर्घाखाँचीमा जीप दुर्घटनामा घाइते भएका दुईको मृत्यु

चैत्र २४, २०८१

वीरेन्द्र केसी

Two injured in a jeep accident in Arghakhanchi died

अर्घाखाँची — मालारानी गाउँपालिका-४ खनमा जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार लु २ च २९९० जिप दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।

मृत्यु हुनेमा मालारानी गाउँपालिका-४ का २२ वर्षका चालक दिलिप खनाल र त्यही ठाउँका २१ वर्षका बालकृष्ण रिजाल रहेका छन् । उनीहरूको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यहीँकै वर्ष १७ का वसन्त पोखरेल र भुवन पोखरेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घटना शनिबार दिउँसो भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

वीरेन्द्र

Link copied successfully