हात्तीको आक्रमणमा परी फडितको मृत्यु

चैत्र २१, २०८१

रुपा गहतराज

Pari Fadit died in an elephant attack

नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत एक जना फडितको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । 

बधबार राति हातीलाई घाँसमा हाल्न जादा हात्तीले आक्रमण गरेको थियो ।

बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि धेरैलाई आक्रमण गरेको थियो ।

१८ वर्षीय उक्त भाले हात्तीलाई २०७३ सालमा बर्दियाबाट ल्याउँदा मृतक आशाराम पनि सँगै आएका थिए । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully