बर्दिया — बर्दियामा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । गुलरिया नगरपालिका–५ बालापुरका १० वर्षीय सिर्जन थारु बुधबार दिउँसो चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
गुलरिया नगरपालिका–४ स्थित केराबारीमा पानी सिँचाइ गर्न हजुरबुवासँग खेतमा गएको बेला चितुवाले आक्रमण गरेको हो । हजुरबुवाले खेतमा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको बेला चितुवाले टिपेर दौडिँदा होहल्ला गर्दा छोडेर भागेको जनाइएको छ ।
घाइते बालकको प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेले बताए । ‘बालकको घाँटीको दुईतिर गहिरो चोट लागेर रगत बगिरहेको छ,’मेसु डा.पाण्डेले भने,‘बालक अर्धबेहोस अवस्थामा छन् ।’
