सांसद बोहराको निधनमा सिद्धार्थनगरमा बुधबार शोक बिदा

चैत्र १९, २०८१

सन्जु पौडेल

Mourning holiday in Siddharthnagar on Wednesday for the death of MP Bohra

तिलोत्तमा — रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकाले चैत २० गते बुधबार (भोलि) शोक बिदा दिएको छ ।

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले बुधबार बिदा दिने निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए ।  ‘बुधबार शोक मनाउने कार्यक्रम रहेको हुँदा सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, मातहतको वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रमा सेवा बन्द रहने साथै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन नहुने तथा पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रम भने यथावत सञ्चालन हुनेछ,’ नगरप्रमुख खाँले भने ।

बोहराको निधनले सिद्धार्थनगर नगरपालिका परिवार अत्यन्तै स्तब्ध मर्माहत र दुःखित भएको उनले बताए । ‘उहाँको असामयिक निधनले राष्ट्रले एक समर्पित जनप्रतिनिधि गुमाएको छ,’ उनले भने, ‘उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं, शोकाकुल परिवारजनलाई यो कठिन घडीमा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।’ 

बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully