नेपालगञ्ज — काठमाडौंमा राजावादीको आन्दोलनका क्रममा शुक्रबार पत्रकारको हत्या, कुटपिट, दुर्व्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगामुढाविरुद्ध बाँकेमा श्रद्धाञ्जली सभासँगै विरोध सभा सम्पन्न गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना र जिल्ला अध्यक्ष नवीन गिरीको अगुवाइमा शनिबार साँझ पौने ६ बजे नेपालगञ्जको बीपी चोकमा कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौंमा भएको घटनापछि पत्रकार महासंघले शनिबार मनाउने भनिएको ७० औं स्थापना दिवसका औपचारिक र अनौपचारिक सबै कार्यक्रम स्थगित गरिएको थियो । तर, अन्य जिल्लामा जस्तै यहाँ पनि विरोध र श्रद्धाञ्जली सभा भने गरिएको छ ।
