राजापुर सुगर मिलको गोदाममा आगलागी

चैत्र १५, २०८१

कमल पन्थी

Fire in the godown of Rajapur Sugar Mill

बर्दिया — बर्दिया राजापुर नगरपालिका–६ बदालपुरस्थित राजापुर सुगर मिलको गोदाममा आगलागी केही सामान जलेको छ । 

निर्माणाधीन सुगर मिलको गोदाममा रहेको लिक्युड राख्ने २० लिटरको टिनमा वेल्डिङ गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । 

स्थानीय,प्रहरी,सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको उनले जनाए । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब ४५ किमी पश्चिम उत्तरमा भएको हो । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully