बर्दिया — प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुर चोकमा ८ सय ९० मिलिग्राम उक्त पदार्थसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतको सीमावर्ती बजार बलैगाउँ हुँदै नेपाल प्रवेश गरी उनीहरू भे ४ प ८४५९ नम्बरको मोटरसाइकल चढी आएका थिए । शंका लागि जाँच गर्दा उक्त पदार्थसहित बाँसगढी नगरपालिका–५ सोनपुरका २३ वर्षीय विपिन थारू र सोही पालिका–६ का २६ वर्षीय सचिन सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए ।
दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । उक्त पदार्थ परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला धनगढी पठाउने प्रहरीले जनायो ।
