पाल्पामा रुखबाट खसेर एकको मृत्यु

चैत्र १३, २०८१

माधव अर्याल

One died after falling from a tree in Palpa

पाल्पा — बगनासकाली गाउँपालिका–७, खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराईको रुखबाट खसेर बुधबार बिहान मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा घरदेखि ३ सय मिटर पूर्व बारीमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर उनको मृत्यु भएको हो ।

बिहानै घरबाट घाँस काट्न निस्किएको र अबेरसम्म घर नआएपछि परिवार र छिमेकीले बारीमा खोज्न गएका बेला लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रुखबाट खसेको स्थानीयले जानकारी गराए लगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमै मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

भट्टराईको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully