रुपन्देही घरजग्गा व्यवसायी संघमा उप्रेती

चैत्र १०, २०८१

सन्जु पौडेल

Buyer in Rupandehi Real Estate Traders Association

तिलोत्तमा — रुपन्देही घर जग्गा व्यवसायी संघको अध्यक्षमा सुरज उप्रेती निर्वाचित भएका छन् । भैरहवामा भएको संघको साधारणसभा तथा तेस्रो अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा विष्णु प्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण कुावर, महासचिवमा धिरज घिमिरे, कोषाध्यक्षमा नारायण प्रसाद बेल्वासे र सचिवमा पिताम्बर न्यौपाने रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सुमन न्यौपाने, रितेश अग्रवाल, सागर सुवेदी, कृष्ण प्रसाद अधिकारी, कृष्ण प्रसाद यादव, आवाश बञ्जाडे, नारायण महत, अशोक भुसाल, अभिनव थापा, छत्र पन्थी, गंगाधर पाण्डे र रामापति यादव रहेका छन् । 

नवनिर्वाचित अध्यक्ष उप्रेतीले व्यवसायीलाई सम्मानजक पेशाका रूपमा स्थापित गराउन छरिएर रहेका अरु व्यवसायीलाई पनि गोलबन्द गर्दै जाने बताए । उनले रुपन्देही रियल स्टेट व्यवसाय उत्कृष्ट रहेको बताउँदै त्यसका लागि अझै लगानीको वातावरण बनाउदै जाने उनले बताए । उप्रेतीले कोरोना महामारीपछि उकास्न नसकिएको यस व्यवसायलाई अघि बढाउन आफूसहितको टिम लाग्ने बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully