कालीगण्डकीमा बेपत्ता भारतीय नागरिक भेटिएनन्

चैत्र ७, २०८१

माधव अर्याल

Missing Indian citizens were not found in Kaligandaki

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीधाम क्षेत्रमा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक बिहीबारसम्म फेला परेका छैनन् ।

भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने क्रममा बुधबार दिउँसोदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । 

पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा पाण्डेय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 

पोखराबाट घुमेर घर फर्किएका पाण्डेसहित ४ जना कालीगण्डकीमा नुहाउन गएकामा पाण्डेय डुबेर बेपत्ता भएका हुन् । डुबेर बेपत्ता भएकाको खोजीमा तल्लो तटीय क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजतलास कार्य भइरहेको छ । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully