ब्राउन सुगरसहित २ जना पक्राउ 

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

2 arrested with brown sugar

बर्दिया — बर्दिया प्रहरीले सोमबार ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थित हुलाकी सडक हुँदै गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२४७ नम्बरको गाडी जाँच गर्दा उक्त पदार्थ फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय,बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण डाँगीले पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–८ गाउ नम्बर १ का २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर रहेको बताए । पक्राउ परेकाबाट २४ ग्राम १ सय मिलीग्राम उक्त पदार्थ फेला परेको छ ।

पक्राउ परेकाविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । उक्त पदार्थ परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला धनगढी पठाउने प्रहरीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully