ब्राउन सुगरसहित दुई पक्राउ 

चैत्र ३, २०८१

कमल पन्थी

Two arrested with brown sugar

बर्दिया — प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउॅपालिका–७ कर्णाली पुलस्थित भारतबाट आएका दुई युवाबाट ४ ग्राम २ सय ३० मिलीग्राम उक्त पदार्थ फेला पारेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण डाँगीले पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१ का ३० वर्षीय विजय जंग शाही र सोही पालिका–२ का ३० वर्षीय लोकबहादुर सोमेमगर रहेको बताए । उनीहरु भारतीय सिमावर्ती बजारबाट पैदल आई त्यहाँ राखिएको लु प्र ०३–००१ प १७८२ नम्बरको मोटरसाइकल चढेर आउना लाग्दा प्रहरीले जाँच गर्दा उक्त पदार्थ बरामद गरेको प्रनि डाँगीले जनाए ।

उक्त पदार्थ परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला धनगढी पठाउने प्रहरीले जनायो । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियाबाट पाँच दिनको म्याद थप गरिएको छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully