ट्र्याक्टरको ठक्करबाट दाङमा बालिकाको मृत्यु

चैत्र २, २०८१

दुर्गालाल केसी

Girl dies in Dang due to tractor collision

दाङ — ट्र्याक्टरको ठक्करबाट शनिबार तुलसीपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका-२ घर भई हाल तुलसीपुर उपमहानगरपालिका-९ मा बस्दै आएकी ९ वर्षीया दिपशिखा वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर-९, गौरीशंकर टोलबाट अटोभिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्र्याक्टरले बाटो काट्दै गरेकी वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्र्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully