बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जना घाइते

चैत्र २, २०८१

रुपा गहतराज

5 people were injured in a clash at the Banke Children's Reformatory

नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको पश्चिमकै ठूलो जयेन्दु बाल सुधारगृहमा फेरि झडप भएको छ ।सुधारगृहमा रहेका दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका हुन् ।

‘१८ वर्षमाथिका र १८ वर्षमुनिका दुवैलाई सँगै राख्दा झडपको अवस्था आइरहने गरेको छ, ’ बाल सुधारगृहकी इन्चार्ज विमला काउचाले भनिन्, 'प्रहरी भित्र जान सक्दैन । उल्टै प्रहरीलाई कुट्छन ।’

शुक्रबार राति ११ बजेतिर झडप भएको खबर आएको थियो । त्यसपछि ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुगेर प्रहरीले राति डेढ बजेतिर घाइतेको उद्धार गरेको थियो ।

अहिलेसम्म कति भागे भन्ने एकिन हुन सकेको छैन । यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो । 

उक्त बाल सुधारगृहमा २६५ जनालाई राखिएको छ ।  

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully