दाङमा २२ फरार प्रतिवादी पक्राउ

फाल्गुन २८, २०८१

दुर्गालाल केसी

22 fugitive accused arrested in Dang

दाङ — विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

उनीहरूको २ वर्ष १ महिना कैद र १७ हजार ५ सय ७८ जरिवाना असुल हुन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्र बहादुर शाहले बताए।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको उनले जानकारी दिए।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully