प्यूठान उद्योग वाणिज्य संघमा निर्विरोध नेतृत्व चयन

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Unopposed leadership election in the Pyuthan Chamber of Commerce and Industry

प्यूठान — प्यूठान उद्योग वाणिज्य संघमा सन्देश आचार्यको नेतृत्वमा निर्विरोध नयाँ नेतृत्व चयन भएको छ। आज भएको मनोनयनका क्रममा सबै पदमा दोश्रो ब्यक्तिको उमेदवारी नपरेपछि सर्वसम्मत चयन भएको हो । 

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त गिरी चयन भएका छन् ।

त्यस्तै, वाणिज्य उपाध्यक्षमा रामचन्द्र पौडेल, उद्योग उपाध्यक्षdf गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचिवमा पशुपति श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका मुख्य निर्वाचन अधिकृत रामेश्वर सुबेदीले बताए । 

संघको ९ वटै पालिकामा उद्योग वाणिज्य संघको इलाका अधिवेशन पनि सर्वसम्मत चुनिएको हो । 

कान्तिपुर

Link copied successfully