मधुवन नगरपालिका-४ बालविवाहमुक्त घोषणा 

फाल्गुन २५, २०८१

कमल पन्थी

Madhuvan municipality-4 declared free of child marriage

बर्दिया — मधुवन नगरपालिका–४ लाई शनिवार बालविवाह मुक्त घोषणा गरिएको छ । उक्त पालिकाले पहिलो पटक वडा नम्बर ४ लाई बालविवाह मुक्त घोषणा गरेको हो।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक कार्यक्रमबीच उक्त वडालाई बालविवाहमुक्त घोषणा गरेका हुन् ।

बाँके युनेस्को क्लब पालिकाका प्रतिनिधि लगायतको सहयोगमा घर-घर पुगेर सर्भे गरी प्राप्त तथ्यका आधारमा घोषणा कार्यक्रम भएको हो ।

बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्दीकीले बालविवाहका लागि ०७७ को रणनीति अनुसार सूचक पूरा भएको र वडालाई बालविवाहमुक्त घोषणा गरिएको बताए । घोषणा पूर्व सर्भे, जनचेतना लगायत कार्यक्रमहरू गरिएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully